मंगलाको र्यालेखोर र भाइवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण

khali

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु. ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ९२ लाख २४ हजार ९८७ को लागतमा निर्माण भएको आयोजनाबाट १०० घरधुरी लाभान्वित भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले १०० घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा थप ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“यसअघि ४÷५ वटा घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो,” उहाँले भन्नुभयो “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।”

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सिमित स्रोतले पनि सबैले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताउनुभयो । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्कि चाङ बनाइएको छ ।

khali

नेवा संस्थाको रु. ३८ लाख ७१ लाख ३०७, मंगला गाउँपालिकाको रु. २७ लाख अनुदान र उपभोक्ताको रु. २२ लाख ७८ हजार ४६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताहरुले श्रमदानका अलावा थप रु. ३ लाख ७५ हजार २१२ नगद संकलन गरिएको थियो । त्रिभुवन मंगला मावि र ¥यालेखोर बस्तिका लागि पहिराको मुहानबाट पानी लिफ्ट (तानेर) पानी वितरण गरिएको छ । भाइवाङ बस्तिमा पधेराको मुहानको पानी वितरण गरिएको छ ।

स्थानीयबासी पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्जट र सास्ती हटेको बताउनुभयो । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाइबस्तुलाई खुवाउन र सरसफाईका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको छ ।

नेवा संस्थाको सहयोगमा मंगला गाउँपालिकाको थप २ ठाउँमा खानेपानी आयोजना निर्माणाधिन रहेका छन् । संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधिन आयोजना अन्तिम चरणमा रहेको बताउनुभयो । खानीगाउँका ३६ घर, १ विद्यालय र हिदीका ६४ घरमा निजी धारा सहितको खानेपानी वितरण गरिने शाहीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...