कोरला नाकामा पहिलो पटक बिजुली बल्यो

Gandaki Kotihome

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा विद्युत सुविधा विस्तार भएको छ ।

समुन्द्रि सतहदेखि ४ हजार ७०० मिटर उचाईमा रहेको कोरला नाकामा यसअघि विद्युत लाइन पुगेपनि ट्रान्सफर्मर जडान र वितरण गरिएको थिएन् ।

मुस्ताङ समेत कार्यक्षेत्र भएको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले बिहिबार ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा बिजुली पुगेको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“छोसेर हुदै नेपाल तर्फबाट कोरला नाकामा ३ वर्षअघिनै लाइन लगिएपनि नाका सञ्चालन नभएकाले माग भएको थिएन,” उहाँले भन्नुभयो “गत कात्तिक महिनादेखि सञ्चालनमा आएको कोरला नाकामा विद्युतको आवश्यकता महशुस भएपछि २५ केभिए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत प्रयोग गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।”

Annapurna aarohan ko notice

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु सी नर्वु गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख कमल आचार्यको समन्वयमा कोरला नाकामा केन्द्रिय लाइनका विद्युत पु¥याइएको काफ्लेले बताउनुभयो ।

प्रतिकुल मौसमका बावजुद संरचना तयार पारेर बिद्युत आपुर्ति हुने व्यवस्था मिलाएको प्राधिकरणको तातोपानी वितरण केन्द्रका इन्जिनियर उत्तम अधिकारीले बताउनुभयो ।

बत्ति पुगे सँगै सुरक्षामा खटिने सुरक्षाकर्मी लगायत नाकामा व्यवसायका लागि जाने व्यवसायीहरुलाई सहज भएको उहाँले बताउनुभयो । ट्रान्सफरमर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीहरुले पनि सहयोग गरेका थिए ।

मुस्ताङ जिल्लामा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरी उपभोक्ता सहकारी संस्था लिमिटेडले, मुस्ताङमा विद्युत सेवा दिदै आइरहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...