‘जाऊँ साइँली बेनी बजार’ नयाँ भर्सनमा

Gandaki Kotihome

बेनी, । ‘जाऊँ साइँली बेनी बजार’को नयाँ भर्सन सार्वजनिक भएको छ । लोकगायक स्वर्गीय पदम बिस्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा बजारमा आएको हो ।

लोचन भट्टराई र गायक हेमन्त कान्छा रसाइलीको आवाजमा गीत बजारमा आएको हो । वरिष्ठ गायक तथा सङ्कलकसमेत रहेका स्वर्गीय विष्टको सम्झनामा नयाँ भर्सन निर्माण गरिएको हो ।

Annapurna aarohan ko notice

गीतमा शब्द स्वर्गीय विष्ट तथा सपना रसाइलीको र सङ्गीत पनि विष्टकै रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन सुनिल बिक र कोरियोग्राफर रोशन विश्वकर्माले गर्नुभएको हो ।

Upper Myagdi transmition line notice

छायाङ्कनमा करन चैसिरले मेहनत गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीले अभिनय गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=m-hOI2QDbhU

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...