रघुगंगाका शिक्षकलाई विषयगत तालिम

Gandaki Kotihome

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम दिईएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लर्न र गाउँपालिकाको साझेदारीमा तीन बर्षदेखि रघुगंगामा शिक्षकलाई तालिम प्रदान गरिँदै आइएको छ । रघुगंगा गाउँपालिका–२ भगवती स्थित मुक्तिधाम माविमा १० दिनसम्म सञ्चालन भएको आधारभूत तहका शिक्षकहरुको तेस्रो चरणको तालिममा वडा नम्बर १ देखि चार सम्म रहेका विभिन्न १६ वटा विद्यालयका आधारभूत तहका ७० जना शिक्षकहरुलाई तालिम दिइएको लर्नका निर्देशक कृष्ण बहादुर तिलिजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, तालिममा अंग्रेजी, गणित, विज्ञान, सामाजिक बिषयको बिषयगत तालिम संगै संगीत र नृत्य बिषयमा समेत शिक्षकहरुलाई क्षमता विकास तालिम दिइएको छ । तालिममा मिनबहादुर शाही, खड्ग कुमार श्रेष्ठ, कैलाश तामाङ, सुरेन्द्र श्रेष्ठ, राजेश क्षेत्री, कुष्णबहादुर तिलिजा पुन लगायतले प्रयोगात्मक र व्यवहारिक अभ्यास सहित सहजीकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Annapurna aarohan ko notice

तालिमले शिक्षकहरुको क्षमता विकास संगै तनाब व्यवस्थापन, समूह सहकार्य र बहुमुखी प्रतिभाको क्षमता पहिचान र विकासमा समेत सघाएको लर्नका अध्यक्ष उमबहादुर पाइजाले बताउनुभयो । १२ बर्षअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार गाउँबाट सुरु भएको शिक्षक तालिमको अभियानले व्यापकता पाएको र शिक्षण सिकाई क्रियाकलापलाई व्यवहारिक र गुणस्तरीय बनाउन शिक्षक तालिम फलदायी भएको उहाँको भनाई छ ।

शनिवार आयोजित तालिम समापन समारोहमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले तालिममा सिकेका सिप र ज्ञानलाई कक्षाकोठाको सिकाई सहजीकरणमा उपयोग गर्न सके सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक वातावरण सुधार हुने बताउनुभयो ।

उहाँले शिक्षकले पाठ्यक्रम मात्रै पठनपाठन गराएर नपुग्ने वताउँदै विद्यार्थीलाई रमाएर विद्यालय आउने वातावरण बनाउने जिम्मेवारी समेत बहन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मुक्तिधाम मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, रघुगंगा गाउँपालिकाका शिक्षा समितिका सदस्य चेतनारायण सुवेदी, मुक्तिधाम माविका प्रअ, टेकबहादुर केसीले तालिमले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउनेमा जोड दिदै शिक्षकहरुलाई समेत नयाँ नयाँ शिक्षण सिकाईको तरिका र विधिहरुबारे तालिमहरु आबश्यक पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तालिममा सहभागी शिक्षकद्धय अर्जनु पौडेल र मेघा रिजालले सिकाई निरन्तर चलिरहने प्रकृया रहेको बताउँदै तालिममा सिकेका ज्ञान, सिप र क्षमतालाई विद्यार्थिको शिक्षण सिकाईमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

लर्न र रघुगंगा गाउँपालिकाको सहकार्यमा तीन बर्षदेखि यस गाउँपालिकाभित्र रहेका शिक्षकहरुका लागि विभिन्न चरणका बिषयगत तालिम, शैक्षिक सामाग्री निर्माण तालिमहरु प्रदान गरिँदै आइएको छ । लर्नले म्याग्दीको अन्नपूर्ण, रघुगंगा र धवलागिरि गाउँपालिकामा शिक्षक तालिम दिने कार्यक्रमलाई अघि बढाउँदै आएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस