मिलनचोक–सल्यान सडकमा कालोपत्र अन्तिम चरणमा

Gandaki Ghumau

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ को मिलनचोक देखि सल्यान जोड्ने सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको मिलनचोक–सल्यान खण्डमा कालोपत्र गर्ने कामले पूर्णता पाउन लागेको हो ।

सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, पर्खाल लगाउने, सब बेस, बेस, प्राइम कोट, फस्ट कोट राखिसकेको मिलनचोक–सल्यान खण्डको ३.५ किलोमिटर दुरिमा दोस्रो कोट राख्न थालिएको पूर्वाधार विकास कार्यालय पर्वतका ईञ्जिनियर जिता गिरीले बताउनुभयो ।
“मिलनचोक–सल्यान खण्डमा दोस्रो कोट राखेपछि कालोपत्र गर्ने कामले पूर्णता पाउँछ,” उहाँले भन्नुभयो “सल्यानको किराखोर क्षेत्रमा २ किलोमिटर सडक पहिरोग्रस्त छ । पहिरो भन्दा माथि पनि थप २ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ ।”

Shreekrishna

निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले धाइरीङको पहिरो भन्दा माथिदेखि घाखेत– ठाट्नेरी तर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्ष भित्रनै कालोपत्र गर्ने तयारी गरेको जनाएको छ ।

Gunasthariya Shiksya

मिलनचोक देखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न वि.स. २०७६ मंसिर ६ गते रु. २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक वि.स. २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र योजनाको कामले तिब्रता पाएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर फराकिलो र नाली निर्माण गर्ने कामले गत मंसिर महिनादेखि तिब्रता पाएको थियो । जलजला गाउँपालिका–७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साही भएका बताउनुभयो ।

स्थानीयबासी र जनप्रतिनिधिहरुले सडक निर्माणमा भएको ढिलाईप्रति खवरदारी र दवाव दिएका थिए । निर्माण कम्पनीका प्रतिनिधि समेत रहनुभएका जलजला गाउँपालिकाका पुर्व अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्रको अभाव र सामाजिक समस्याका बावजुद नोक्सान ब्यहोरेर भएपनि सडक निर्माणको जिम्मेवारी पुरा गर्न लागेको बताउनुभयो ।

यो सडक धाइरीङका एक हजार भन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज अपेक्षा गरिएको छ । यो सडकको हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...