बेनी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले चालु आर्थिक वर्ष २०८०÷०८१ मा
१६ महिना देखि ५ वर्ष उमेर समूहका १ हजार २६४ जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्यहरुको उपस्थितिमा घोषणा गरिएको थियो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अध्यक्षता र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष, कर्मचारीहरुको पनि उपस्थिति थियो ।

यसअघि बेनीका १० वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको थियो । महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...