स्थानीय तहसँग वन कार्यालयको समन्वय

Gandaki Kotihome

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ ।

स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया र समन्वय गरेको हो ।

बेनी नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित आयोजित समन्वय गोष्ठिमा डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाउनका लागि सरोकारवालाहरुको भूमिकाका विषयमा सहजिकरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

“सामाजिक रुपमा न्यायोचित, आर्थिक क्षमताले धान्न सक्ने र वातावरणमैत्री आयोजना मात्र दिगो हुन्छन,” उहाँले भन्नुभयो “अन्तर सरकारी निकायबीच समन्वय गरि नीतिगत व्यवस्थाको कार्यान्वयन र विकास आयोजनालाई दिगो बनाउन स्थानीय तहसँग समन्वय गरिएको हो ।”

Notice about ban dadalo

कमजोर भूधरातल, अवैज्ञानिक विकास प्रक्रीया, जलवायु परिवर्तन तथा तापक्रम वृद्धि, अतिवृष्टि, अनावृष्टि, सुख्खा, खडेरी जस्ता कारणले विपद्को जोखिम बढेको वन अधिकृत सुवेदीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका वडा अध्यक्षहरु गोविन्द बानिया, पदम पुन लगायतले वन कार्यालय विकास आयोजनाको बाधक नभएर सहयोगी र सहजिकरण तथा समन्वयको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

विकास र विपद्को जोखिम नहुने गरि काम गर्न वन कार्यालयले भूमिका खोल्नुपर्ने जनप्रतिनिधिहरुको अपेक्षा छ । सहायक वन अधिकृत विनय बहादुर बधिकारीले तीन तहका सरकारको साझा अधिकार सूचिको बुझाइमा एकरुपता कायम गर्ने, कानुनी अन्तरबिरोधको निराकरण, आइई, इआईए का प्रकृयाहरुको सरलीकरण गर्ने प्रयास गरिएको बताउनुभयो ।

फरेष्टर लक्ष्मी बानियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...