हिलापोखरीमा सिचाई आयोजना निर्माण शुरु

Gandaki Ghumau

हिलापोखरी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिचाई आयोजना निर्माण शुरु भएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिचाई आयोजना निर्माण थालेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले ३४९ मिटर लामो नहर खन्ने काम सकेर भुई ढलान गर्न थालिएको जानकारी दिनुभयो ।

“च्युरीबोट स्थित घट्टेखोला हुदै देखि पच्चिस मुरे सम्म नहर बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “अबको एक महिनाभित्र सिचाई आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माणलाई तिब्रता दिएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

यो योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. १५ लाख बजेट बिनियोजन गरेको छ । आयोजना मार्फत ३४९ मिटर पक्कि नहर र ४८ मिटर पाइपलाइन जडान गर्ने लक्ष्य छ ।

उपभोक्ता समितिका सचिव फिरोज घर्ति मगरले स्थानीय मजदुर परिचालन गरेर सिचाई आयोजना निर्माण भइरहेको बताउनुभयो । २० घरधुरी भन्दा बढी कृषकको २०० रोपनी बढी खेतबारी र बगैचामा सिचाई गर्न सहज हुने जनाइएको छ ।

यसअघि खोल्साको पानी कच्चि नहरबाट बगाउदा चुहिने र भासिने समस्या थियो । सिचाई अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको छ । सिचाई सुविधा भयो भने बाह्ै महिना खेती लगाउन सकिने आशा कृषकहरुले गरेका छन् ।

खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० वटा सिचाई आयोजना निर्माणाधिन रहेका कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । बादुक र घारेनी कोत्रवाङ सिचाई आयोजनाको बहुबर्षीय ठेक्का आव्हान गरेको र अन्य आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वय गरिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...