म्याग्दी यातायातको अध्यक्षमा सुमन श्रेष्ठ

Gandaki Kotihome

बेनी, । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ ।

कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो ।

समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी थापा, जानबहादुर केसी, सर्वसम्वत रुपमा निर्वाचित भएको कम्पनीका कार्यलय प्रमुख देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिका मेयर सुरत केसीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने बिश्वास दिलाउनसक्नु पर्ने ब्यक्त गर्नुभयो ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिबक्ता प्रकाश सुबेदीले सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा तत्कालिन म्याग्दी यातायात व्यवसायी समितिका पूर्व अध्यक्षहरु राजकुमार श्रेष्ठ, गोपाल भट्टचन, जयबहादुर अधिकारी, व्यवसायीको तर्फबाट सेरबहादुर गुरुङ प्रेम श्रीस लगायतले पछिल्लो समय निजी सवारीसाधनले यात्रु बोक्दा समस्या भएको बताउनुभयो ।

निजी प्रयोजनका लागि प्रयोग गर्नुपर्ने सवारीसाधनले यात्रु बोक्दा यातायात ब्यवसायी पलायनको जोखिम रहेको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गराउनुभयो । प्रालीका सञ्चालक सदस्य चन्द्रबहादुर क्षेत्रीको स्वागत र सुमन श्रेष्ठको सञ्चलन कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...