बेनी सामुदायिकमा भर्ना हुन प्रवेश परिक्षा, उपमेयरले निजी विद्यालयबाट छोरीलाई सामुदायिकमा भर्ना गरिन्

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २०८१ का लागि नयाँ विद्यार्थी भर्ना गर्न आईतबार प्रवेश परिक्षा लिएको छ ।

विद्यालयको क्षमता भन्दा बढी संख्यामा विद्यार्थीहरु भर्ना हुन आएपछि प्रवेश परिक्षा लिएर छनौट गरिएको हो । कक्षा २ देखि ९ सम्म विद्यार्थी भर्नाका लागि विद्यालयले वैशाख २ गतेदेखि आवेदन संकलन गरेको थियो ।

१२० जना विद्यार्थी भर्ना गर्ने क्षमता भएपनि २४० जनाको आवेदन परेकाले प्रवेश परिक्षा सञ्चालन गरेर विद्यार्थी छनौट गर्नुपर्ने अवस्था आएको बेनी सामुदायिक माविका सहायक प्रअ भिम घर्तिले बताउनुभयो ।

Shreekrishna

“कक्षा कोठा भवन र शिक्षक जनशक्ति कम भएकाले इच्छुक सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको हो,” उहाँले भन्नुभयो “प्रवेश परिक्षा लिएर विद्यार्थी गर्नुपर्ने हाम्रो रहर नभएर बाध्यता हो ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भर्ना हुनका लागि म्याग्दी र छिमेकी जिल्ला पर्वतका विभिन्न निजी विद्यालयका विद्यार्थीहरु बेनी सामुदायिकमा आएका छन् । सामुदायिकका भन्दा निजी विद्यालय छाडेर आउने विद्यार्थीको संख्या धेरै रहेको प्रअ दिपक श्रेष्ठले बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले छोरी प्रशन्नालाई भर्ना गर्नका लागि बेनी सामुदायिकको प्रवेश परिक्षामा सहभागी गराउनु भएको थियो । न्यु वेष्ट पोइन्ट आवासीय माविबाट सामुदायिकमा भर्ना गर्न लामीछाने र उहाँका श्रीमान माओवादी केन्द्र म्याग्दीका सचिव कुशल पौडेल विद्यालयमा पुग्नु भएको थियो ।

सामुदायिक विद्यालय सुधारका लागि आफैबाट शुरुवात गर्ने प्रयास गरेको नगर उपप्रमुख लामिछानेले बताउनुभयो । बेनी सामुदायिकसँगै बेनीको प्रकाश मावि र बालमन्दिर आधारभूत विद्यालयमा निजी छाडेर भर्ना हुन आउने विद्यार्थीहरुको चाप बढेको छ ।

एसईई र कक्षा ८ को नतिजाको उतिर्णदरका साथै सिकाई उपलब्धीमा सुधार हुन थालेपछि बेनीका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । बेनी सामुदायिक र प्रकाश माविले विद्यार्थीको चाप थेग्न नसकेपछि कालीपुलको बालमन्दिर आधारभूतले पनि मावि तहको पठनपाठन शुरु गरेको छ ।

कक्षा नर्सरी देखि ७ कक्षा सम्म सबै अंग्रेजी र ८ देखि १० सम्म अंग्रेजी नेपाली माध्यमका साथै कम्प्युटर प्रयोगशाला लगायतको व्यवस्था गरिएको बेनी सामुदायिकका प्रअ दिपक श्रेष्ठले बताउनुभयो । शिक्षकहरुले विद्यार्थीको पढाईप्रति रुची बढाउन प्रविधिको पनि प्रयोग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...