कालीपुलमा कृषि बजार निर्माण शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण शुरु भएको छ ।

संघीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नम्बर ८ कालीपुलमा कृषि बजारको भवन निर्माण शुरु गरेको हो । बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले रु. ३ करोडको लागतमा भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

“संघीय सरकारको कृषि तथा पशुपंक्षी बजार प्रर्वद्धन कार्यक्रम अन्र्तगत बेनी नगरपालिकामा चालु आर्थिक वर्षमा प्राप्त भएको रु. ३० लाख २५ हजार बजेटबाट भवन निर्माण शुरु गरिएको छ,” उहाँले भन्नुभयो “आगामी आर्थिक वर्षमा बजेटलाई निरन्तरता दिने संघीय सरकारको प्रतिवद्धता पछि निर्माण थालिएको हो ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

एक हजार ४० बर्गफिट क्षेत्रफल जमिनमा निर्माण हुने तीन तले भवनको यसपाली डिपिसी सम्म ढलान गर्ने लक्ष्य रहेको छ । पिपलचोकसँग जोडिने भवनको माथिल्लो तलामा तरकारी पसलका लागि ८ वटा सटर बनाइने भएको छ ।

भुई तला व्यवसायिक प्रयोजनका लागि भाडामा लगाउने र बिचको तलामा मासु पसलहरु राख्ने योजना अघि सारिएको वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्य सहित कृषि बजारको भवन बनाउन लागिएको हो ।

एकै ठाउँमा सबै तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, कृषकले उत्पादन गरेको उपज बजारीकरणमा सहयोग पुग्ने र उपभोक्ताले एकै ठाउँमा स्वच्छ तरकारी खरिद गर्न पाउँदा सुविधा पुग्ने अपेक्षा छ । कृषि उपज बेच्न कृषक र खरिद गर्न उपभोक्ता बजार भौतारिता हुने समयको बचत पनि हुने वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...