धवलागिरीलाई पूर्णखोप सुनिश्चितता घोषणा

Gandaki Ghumau

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ ।

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

१६ महिना देखि ५ वर्ष उमेर समूहका ६४१ जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर विरेन्द्र जयसवालले जानकारी दिनुभयो ।

Shreekrishna

चालु आर्थिक वर्ष २०८०÷०८१ मा पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने धवलागिरी म्याग्दीको दोस्रो स्थानीय तह बनेको छ । यसअघि रघुगंगा गाउँपालिकालाई घोषणा गरिएको थियो ।

Gunasthariya Shiksya

जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा गाउँपालिकाको केन्द्र मुनामा घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनको अध्यक्षता र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेशम पुन मगर, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।

यसअघि धवलागिरीका ७ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको थियो । महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...