उपल्लो दुखुमा विद्युतीकरणले पूर्णता पायो

Gandaki Kotihome

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ ।

नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन, ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखु लगायत आसपासका तीन वटा वडामा बिद्युतीकरण गर्न २०७४ मा काम शुरु गरेको थियो । वि.स. २०७६ मा पोल गाडिएको थियो ।

सोही योजना अनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिनुभयो । “पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ,” उहाँले भन्नुभयो “उपल्लो दुखुका ४१ र खुवाङका ८ घरमा गत असोजमा बिजुली बलेको थियो । पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो ।”

Shreekrishna hardwear in news

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोवाईल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयबासी ईश्वरी पुनले बताउनुभयो । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४.५ किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दथे ।

Notice about ban dadalo

नियमित र दिउँसो विद्युत आपुर्ति नहुँदाको समयका लागि विकल्पमा सौर्य उर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपुर्ति हुन थालेपछि जनजिवन सहज भएको पुनले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले एशियाली विकास बैंकको परियोजना मार्फत संरचना तयार भएपछि विद्युत वितरण गरिएको जनाएको छ ।

केन्द्रका ईञ्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा १०० केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत आपुर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताउनुभयो । पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका बसै घरमा बिजुली बालिएको हो ।

म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका गा्रहाक छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाको ४०० घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परिक्षण गर्न थालिएको छ ।

म्याग्दीमा केन्द्रिय लाइनको विद्युत नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा रु. बीस करोड भन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत विस्तार गरिने नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...