काठमाडौबाट म्याग्दी आउदै गरेको रात्रीबस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एसपी मोहनकुमार थापाका अनुसार ,घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका–३,की रिता घर्ती ,मालिका गाउँपालिका–५,का भिमकुमार बुढा,सोही वडाका निश्चल फगामी ,सोही वडाकी निर्मला फगामी ,सोही वडाकी सुमित्रा फगामी ,मालिका गाउँपालिका –१,का नरबहादुर पुन र सोही वडाकी कृष्णकुमारी पुन हुनुहुन्छ ।

घाइतेहरुको अहिले जिएमसी मेडिकल कलेजमा उपचार भइरहेको छ । भने उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको एसपी थापाको भनाइ छ । बसलाई स्काभेटरको सहायत सडकखण्डबाट पन्छाइएको छ । बेनीका चालक ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...