मराङलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

Gandaki Ghumau

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङलाई मंगलबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मराङलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । ५ वर्ष मुनीका सबै १०५ जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएको मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाले बताउनुभयो ।

वडा अध्यक्ष राजाराम शर्माको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख गर्बुजाको सञ्चालन र अनमी चाहना शाहले स्वागत गर्नुभएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर, स्वास्थ्य शाखा संयोजक सम्झना खातीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

वडा खोप समन्वय समितिले अभियान सफल बनाउन योगदान गरेको भन्दै स्वास्थ्यकर्मी र महिला स्वमसेविकाहरुलाई सम्मान गरेको छ । जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...