म्याग्दी क्याम्पसको भवन निर्माण योजना लक्ष्य अघिनै सम्पन्न

Gandaki Kotihome

बेनी, अधिकांश विकास आयोजनाहरु ढिलासुस्तिले थलिएर अलपत्र बनेको अवस्थामा बेनी स्थित म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना लक्ष्य अघिनै सकिएको भएको छ ।

निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण तथा समन्वय गर्ने हो भने विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश म्याग्दी क्याम्पसको भवन निर्माण योजनाले दिएको छ ।

विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा गत वर्ष निर्माण भएको भवनमा तला थप गरेर ६ वटा कोठा बनाउनका लागि वि.स. २०८० असोज अन्तिम साता मुक्तिनाथ हाइवे कन्ट्रक्सन प्रा.लीसँग रु. ७९ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

Upper Myagdi transmition line notice

क्याम्पस प्रमुख गोरखबहादुर जिसीले २०८० चैत मसान्त सम्मको ठेक्का अवधी भएपनि १५ दिन अगावै भवन हस्तान्तरण भएको र फरफारकका लागि विश्व विद्यालय अनुदान आयोगमा कागजात पेश गरिएको बताउनुभयो ।

Annapurna aarohan ko notice

“निर्माण व्यवसायीले चाहने र सम्बद्ध निकायले समन्वय तथा सहजिकरण गर्ने हो हो भने विकास आयोजनामा ढिलासुस्ति हटाउन सकिने अनुभव गरेका छौ,” उहाँले भन्नुभयो “नयाँ भवनमा स्नाकोत्तर तहको सन्ध्याकालिन कक्षा सञ्चालनको तयारी गरेका छौ ।”

गत वर्ष आयोग र क्याम्पसको लागत साझेदारीमा निर्माण भएको ५ कोठे १ तले भवनमा यसपाली तला थप गरिएको हो । नयाँ भवनमा १०० जना विद्यार्थी अट्न सक्ने २ र ५० देखि ८० जना विद्यार्थी अट्ने २ वटा कोठा छन् । २ वटा शौचालय पनि छन् । रु. १ करोड ११ लाख लागत अनुमान गरिएको भवन ठेक्का प्रतिस्पर्धाका क्रममा सबै भन्दा कम कबोलेको मुक्तिनाथ हाइवेले पाएको थियो ।

एमएड, बिआइसिटी र बिबिएको कक्षा सञ्चालन गर्न क्याम्पसले रु. ४ करोड ३३ लाख लागत अनुमान सहित चार तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयनको क्रममा आगामी आर्थिक वर्षको लागि पनि बजेट माग गरेको छ ।

यसैगरी लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्स ३२५ (ए) (आई) को रु. १ करोड २२ लाख र स्थानीय लायन्स क्लवहरुको रु. ४० लाख सहयोगमा विज्ञान विषय पठनपाठन गर्नका लागि आवश्यक पूर्वाधार र प्रयोगशालाका सामग्री सहितको अर्को ६ कोठे भवन निर्माण भएको क्याम्पस प्रमुख जिसीले जानकारी दिनुभयो ।

पुरानो भवनमा सञ्चालन भइरहेको विज्ञान प्रयोगशाला र कक्षा कोठा नयाँ भवनमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । समुदायस्तरबाट सञ्चालित विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसको पूर्वाधार र शैक्षिक कार्यक्रम विस्तारलाई विस्तार गरिएको सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले बताउनुभयो ।
१ हजार २२० जना विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसमा कक्षा ११ देखि स्नाकोत्तर तह सम्मको पठनपाठन हुन्छ । मानविकी, शिक्षा, व्यवस्थापन र कप्युटर विज्ञान विषयमा स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । स्नाकोत्तर तहमा शिक्षा, व्यवस्थापन र विज्ञान विषयको कार्यक्रम सञ्चालन गरेको छ । शैक्षिक कार्यक्रम विस्तारलाई तिब्रता दिएपनि विद्यार्थी अभाव चुनौतिको रुपमा देखिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...