मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न प्रहरीको शिविर

Gandaki Kotihome

बेनी, मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न थालिएको छ ।

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट् परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परिक्षण गर्न थालेको हो ।

प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले तिर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“चैते दशैको सोह् श्रद्धा तिथी पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तिर्थयात्रीको साथै अनुकुल मौसमसँगै विद्यालय र विभिन्न संघ संस्थाबाट मुस्ताङ घुम्न आउनेहरुको चाप बढेको छ,” उहाँले भन्नुभयो “लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सिर्जना भई मानवीय क्षति समेत हुन सक्ने भएकाले स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।”

Notice about ban dadalo

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म २ जना नेपाली र ६ जना विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । पछिल्लो ३ वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्रि सतहदेखि ३ हजार ८०० मिटर उचाईमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तिर्थयात्री हुन् ।

१ हप्ता सम्म सञ्चालन हुने शिविरमा अशक्त, जेष्ठ नागरिक र दिर्घरोगीहरुको स्वास्थ्य परिक्षण गरि परामर्श, प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका मेडिकल अधिकृत डा. मृदुषा श्रेष्ठको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मी खटिएको शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ ।

समुन्द्रि सतहदेखि २ हजार ५०० मिटर भन्दा माथिल्लो उचाईमा अक्सीजनको कमीले स्या स्या हुने, टाउँको दुख्ने, वाकवाकी हुने, रिङगटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाहे महशुस हुन्छ ।

प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तिर्थयात्रीहरुलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामुलक कार्यक्रम गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामुलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

मुस्ताङमा आइतबार एक हजार २०७ वटा गाडीमा ११ हजार १९२ नेपाली र ३४७ जना रसिया, अमेरिका, जर्मन, स्पेन र फ्रान्सका पर्यटक भित्रिएका प्रहरीको तथ्याङ्क छ । शनिबार ४३७ वटा गाडीमा ३ हजार ५२७ नेपाली र ४५६ जना विदेशी पर्यटक भित्रिएका थिए । बडादशै र चैतै दशै अघिको सोह् श्रद्धा तथा औषी तिथिमा कागबेनीमा दिंवगत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तिर्थयात्रीको भिड लाग्ने गर्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...