रघुगंगाको चिमखोला र कुइनेमंगलेलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

Shreekrishna hardware

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइने मंगलेलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई मंगलबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

बुधबार दग्नामलाई पूर्णखोप दिगोपना सुनिश्चिता वडा घोषणा गर्ने कार्यक्रम रहेको रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टिकाबहादुर शाहीले बताउनुभयो ।

Shreekrishna
Ban devision notice

१६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले चैत २७ गतेसम्म गाउँपालिकाको सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यतालिका बनाएको शाहीले बताउनुभयो ।

जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा घोषण कार्यक्रम आयोजना गरिएको छ । महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य शाखाका प्रमुख शाहीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...