प्रयोग नभएका मिटरको लगत खारेज गर्न विद्युत प्राधिकरणको अनुरोध

Gandaki Ghumau

बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले प्रयोग विहिन मिटरको लगत खारेज गराउन ग्राहकहरुलाई अनुरोध गरेको छ ।

केन्द्रले सार्वजनिक सूचना जारी गरेर घर तथा मिटर क्षति भएका, मिटर क्षति नभए पनि प्रयोग बिहिन अवस्थामा मिटरको लागत खारेज गराउन अनुरोध गरेको हो । केन्द्रका प्रमुख प्रताप बरालले म्याग्दीका उपभोक्ताहरुले प्रयोग विहिन मिटर बक्सको लागत खारेज गराउनुपर्ने ज्ञान नहुँदा समस्यामा पर्न थालेकाले सचेत बनाइएको बताउनुभयो ।

Gunasthariya Shiksya

“नियमानुसार लगत खारेज नगराए सम्म न्युनतम मासिक शूल्क लागिरहने र समयमै महशुल नतिरेमा जरीवाना समेत थपिई बक्यौता रकम बढ्न जानेछ्,” उहाँले भन्नुभयो “लगत खारेज नगरेसम्म महशुल तिरेको हुनुपर्छ । मिटरको लगत खारेज नगरेका कारण भविष्यमा उपभोक्तालाई कुनै समस्या नपरोस भनेर अनुरोध गरेका हौ ।”

Shreekrishna

साथै लामो समय समय बाक्यौता नतिर्ने ग्राहकहरुको विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम ३९ को उपनियम ५ र ६ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिनुको साथै ग्राहकको नाम राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशित गर्ने व्यवस्था छ । कालो सूचिमा नाम समावेश भए पछि जुनसुकै सरकारी सेवाबाट समेत वञ्चित हुनुपर्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...