अन्नपूर्णका बैंक, बित्तिय संस्था र सहकारी बन्द

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित बैंक, बित्तिय र सहकारी संस्था बन्द गरिएको छ ।

कोरोना महामारी फैलिन र भित्रिन नदिनका लागि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पोखरेबगर, तातोपानी र दानाका सबै बैंक, सहकारी र बित्तिय संस्था बन्द गरेको हो । अनावश्यक आवत जावत र भिड ब्यवस्थापनका लागि तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, खोपारा लेक, महभिर र नारच्याङ झरना लगायत पर्यटकीय स्थल भ्रमणमा रोक लगाएको छ ।

भ्रमणमा आउनेहरुलाई पनि फर्काइने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनद्धारा आइतबार जारी सूचनामा उल्लेख छ । चाडपर्वको अवसर पारेर सहरी क्षेत्रबाट भ्रमणमा आउनेहरुबाट कोरोना भित्र्न र फैलिने जोखिम बढेको भन्दै गाउँपालिकाले घुमघाममा रोक लगाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानीका साथै बिरेठाटी र घान्द्रुकका होटल ब्वबसायीले बढ्दो कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि तत्काल होटल नखोल्ने निर्णय गरेका छन् । घोडेपानीका होटलहरु गत चैत ११ गतेदेखिनै बन्द भएका थिए ।

बाह्य जिल्लाबाट आउनेहरुलाई १४ दिन अतिवार्य क्वारेन्टिनमा राखिने, पसल ब्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्ने र तिहारको अवसरमा देउसीभैलो खेल्न रोक लगाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...