पश्चिम नेपालको अस्पताललाई सहयोग

Gandaki Kotihome

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार १७ औ स्थापना दिवस मनाएको छ ।

वि.स. २०६३ मा स्थापना भएको र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रमुख कार्यालय रहेको सहकारीले बेनी अस्पताललाई फर्निचर सहयोग गरेर स्थापना दिवस मनाएको हो ।

सहकारीका आर्थिक तथा प्रशासन प्रमुख मेघराज शर्माले रु. २० हजार मूल्य २ थान आराम बेञ्च सहयोग गरिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

सहकारीका अध्यक्ष भिमप्रसाद गौतम, उपाध्यक्ष हरिप्रसाद पौडेल, सचिव कृष्णप्रसाद आचार्य, कोषाध्यक्ष श्रीराम पौडेल, बेनी सेवा केन्द्र संयोजक दामोदर शर्मा लगायत सञ्चालक र कर्मचारीहरुको टोलीले बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी, अस्पतालका प्रमुख डा. अञ्जु थापा लगायतलाई फर्निचर सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Annapurna aarohan ko notice

अस्पतालमा सेवा लिन आउने सर्वसाधारणहरुलाई उभिएर पालो कुर्न गाहे भएकाले बेञ्चमा बस्दा आरामदायी महशुस हुने अपेक्षा गरिएको छ । सहकारीले आर्थिक कारोबारसँगै विभिन्न सामाजिक गतिबिधि गर्दै आएको छ । गत महिना दरवाङमा स्वास्थ्य परिक्षण शिविर आयोजना गरेर ४३४ जनालाई सेवा दिएको थियो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र पोखरेबगरमा सेवा केन्द्र रहेका छन् ।

आर्थिक वर्ष २०७९÷०८० सम्ममा छ हजार १२२ जनाको १२ करोड ९५ लाख १८ हजार २०० रुपैयाँ सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ निक्षेप संकलन, ७४ करोड चार लाख ७६ हजार ६८६ रुपैयाँ लगानी र एक करोड ५९ लाख ५६ हजार ८२३ रुपैयाँ आम्दानी गरेको थियो ।

वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले १÷१ सय रुपैयाँ सेयरबाट सहकारी शुरु गरेका थिए । समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...