द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

Gandaki Kotihome

बेनी,। बेनीमा हिजो द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

दुई दिनसम्म चलेको तालिममा व्यक्तित्व तथा नेतृत्व विकास, नेतृत्व गर्ने तौरतरिका, सकारात्मक सोच, उत्प्रेरणा, महिला तथा बालबालिका सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना, संविधानमा एकल तथा द्वन्द्वपीडित महिलाहरुको हक र अधिकार, संघीय संरचनामा सरकारहरुले ल्याउने नीति तथा कार्यक्रमलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

Notice about ban dadalo
Shreekrishna hardwear in news

तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष सृजना श्रेष्ठ, एड्भोकेसी फोरम गण्डकी प्रदेशका संयोजक कुञ्जनी परियार (प्यासी), मनोसामाजिक विमर्शकर्ता लक्ष्मी विक र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका प्रशासन तथा वित्त प्रमुख सुजाता खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिमको यसअघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीको विशेष उपस्थिति रहेको कार्यक्रमको उद्घाटनसत्र एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीका अध्यक्ष देवी केसीको अध्यक्षता, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका अध्यक्ष देवीकुमारी खत्रीको स्वागत र प्रशासन तथा वित्त प्रमुख सुजाता खत्रीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने मनोसामाजिक विमर्शकर्ता लक्ष्मी विकले सञ्चालन गर्नुभएको थियो । तालिममा जिल्लाका ३० जना द्वन्द्वपीडित एकल महिलाहरुले सहभागिता जनाएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...