स्वास्थ्य सेवामा समान पहुँचका लागि मौवाफाँटमा अस्पताल–रघुगंगा गाउँपालिका

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवामा सबै पालिकाबासीहरुको समान पहुँचका लागि मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गरिएको स्पष्ट पारेको छ ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आयतबार एक बिज्ञप्ति जारी गर्दै मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गर्ने कार्यपालिकाको निर्णयका बिषयमा भएको टिप्पणीहरुप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

रघुगंगाको कात्तिक २० गतेको कार्यपालिका बैठकले गाउँपालिकाको भूगोल, जनसंख्या तथा केन्द्र समेतलाई आधार बनाई पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शैयाको अस्पताल बनाउनका लागि संसोधन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सो निर्णयपछि रघुगंगा १ बेगका स्वदेश तथा बिदेशमा रहेका बासिन्दाहरुले ठाउँ तोकेर आएको अस्पतालको योजना स्थानान्तरण गरेको भन्दै तीनै तहका जनप्रतिनिधिप्रति टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा भैरहेको टिप्पणीप्रति गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Shreekrishna hardwear in news

अस्पतालबाट प्रदान हुने स्वास्थ्य सुबिधाहरु पलिकाबासी सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतामा रहि कार्यपालिकाले उक्त निर्णय गरेको अध्यक्ष भण्डारीले स्पष्ट पार्नुभएको छ । बेगबासीहरुमा असुबिधा पर्न गएको महशुस गरिएपनि सबैलाई पायक पर्ने दृष्टिकोणबाट निर्णय गरिएको हुँदा भ्रममा नपर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

Bhautik ministry notice about road

स्वास्थ्य सेवा र सुबिधामा नागरिकको सहज पहुँचका लागि बेगको बादुक लगायत भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने ७ ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

संघीय सरकारको प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने योजना अनुसार रघुगंगाले पालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा १० शैयाको अस्पताल बनाउने निर्णय गरेको हो । कुल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माण गर्न चालु आबमा ८५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

यस अघि संघीय सरकार मार्फत रघुगंगा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापित गरि अस्पताल निर्माण गर्ने गरि योजना स्विकृत भएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत बेगको स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन बनाउन एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...