जातीय विभेद विरुद्धका कानुनको व्यवहारिक कार्यान्वयनमा सांसद रुचालको जोड

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनीमा बिहिबार ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले अन्तरक्रिया र सम्मान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । दलितको हक र अधिकारका निम्ती छुट्टै कानून निर्माण गर्न आवश्यक रहेकाले गण्डकी प्रदेशसभाले दलित विधेयकको प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो ।

“१० वर्षे जनयुद्धले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको थियो,” उहाँले भन्नुभयो “नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गर्न, दलितका हक र अधिकार सम्वन्धी कानून निर्माण गर्न सफल भएका छौ । कानुनको व्यवहारिक कार्यान्वयन अहिलेको आवश्यकता हो ।”

Upper Myagdi transmition line notice

संविधानको कार्यान्वय गराउने पक्षमा उभिनुपर्ने विचार व्यक्त गर्नुभयो । “दलितको अवस्था परिवर्तन गर्ने महत्वपूर्ण हतियार भनेकै २०७२ को संविधान हो,” रुचालले भन्नुभयो “पूर्ण रुपमा उपयोग गर्न सके दलित समुदायको उत्थान अवस्य हुन्छ ।” संविधानको व्यवहारिक कार्यान्वयमा ध्यान दिन सांसद रुचालले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले राज्यबाटै सोशित, अपमानित र अवसर विमुख गराईएका उत्पीडित समुदायहरुलाई त्यसैको क्षतिपूर्ति स्वरुप अहिले आरक्षण र समावेशी सिद्धान्त अपनाइएको बताउनुभयो । उहाँले आरक्षण व्यवस्थाको विरोध गर्न उचित नभएको पनि बताउनुभयो ।

बेनी नगरपालिका प्रमुख सुरत केसीले दलित समुदायले आफ्नो आनीबानी परिवर्तन गरि आर्थिक उपार्जनका निम्ती कुनै न कुनै उत्पादन संग जोडिनुपर्ने बताउनुभयो । परिवर्तनको सवैभन्दा ठुलो शक्ति शिक्षा भएकाले आफ्नो सन्ततिलाई अनिवार्य रुपमा शिक्षा प्रदान गर्ने वातावरण सृजना गर्न सम्पूर्ण दलित समुदायलाई आग्रह समेत गर्नुभयो ।

Annapurna aarohan ko notice

नगर प्रमुख केसीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु नगरपालिका मार्फत संचालन भईरहेकाले उक्त कार्यक्रमहरुमा संलग्न भई लाभ लिनपनि आग्रह गर्नुभयो । कार्यक्रममा दलित अगुवा छवि विश्वकर्मा, शुशिला विश्वकर्मा, राष्ट्रिय भूमि आयोग म्याग्दीका अध्यक्ष देवेन्द्र कामी, दलित अगुवा याम वस्याल, रघुगंगा गाउँपालिकाका कार्यपालिका सदस्य सम्झना परियार लगायतले अधिकार प्राप्तीका निम्ती दलितहरु एकजुट बन्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पु¥याएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै संचारकर्मी अमित विश्वकर्मालाई सम्मान गरिएको थियो । त्यस्तै दलित अधिकारकर्मी लालु किसान र छवि विश्वकर्मालाई पनि सम्मान गरिएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रुचाल र समितिका संयोजक पदम किसानले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य राम विश्वकर्मा, रघुगंगा गाउँ कार्यपालिका सदस्य होम बहादुर परियार र मालिका गाउँ कार्यपालिका सदस्य दल बहादुर खड्काथोकीले पालिका भित्र दलित समुदायको अवस्था र गतिविधिहरुको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक कृष्ण विश्वकर्मा, दलित अधिकारकर्मी अभियन्ता याम किसान, गौरी सेन्चुरी, नर बहादुर विश्वकर्मा, कुमार थापा किसान, रुपेश सुन्दास लगायत दलित जनप्रतिनिधिहरु र जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिको रुपमा दलित समुदायको उपस्थिति रहेको थियो ।

समितिको तर्फबाट बेनपा ९ का मुटु रोगी प्रकाश विश्वकर्मालाई रु. ४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । कलाकार विनिसा किसान र शुस्मा परियारले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका संयोजक पदम किसानको अध्यक्षता, सदस्य पृथीलाल विश्वकर्माको स्वागत र सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

सन १९६० मा दक्षिण अफ्रिकामा गोरा जातिहरुद्वारा सृजित जातिभेद र रंगभेदको विरुद्धमा निकालिएको शान्तिपूर्ण ¥यालीमा प्रहरीले अमानवीय दमन गर्दै ६९ जनाको निर्मम हत्या गरिएको स्मरण गर्दै हरेक वर्ष मार्च २१ का दिन विश्वभर जातीय तथा रंगभेद उन्मुलन दिवस मनाउदै आईएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...