बेनी, । बेनी नगरपालिका–१ मा रहेको नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको बुधबार २१ औ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।
उपशाखाका सभापति टेकबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका पुर्व सदस्य भुपेन्द्रबहादुर थापाले विपद् व्यवस्थापन, मानवीय सेवा र उद्दारका काममा रेडक्रसले सहनीय कार्य गरेको बताउनुभयो ।
सो कार्यक्रममा ५ जना वृद्धलाई थर्मस र ३ जना विपद् प्रभावितलाई त्रिपाल वितरण गरिएको थियो । वडा स्तरीय वक्तृत्वकला प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा मंगलबार रत्नेचौर र अर्जममा निशूल्क आँखा परिक्षण शिविर आयोजना गरिएको थियो । नेपाल नेत्रज्योती संघले बेनीमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २८० जनाको आँखा परिक्षण गरिएकोमा ६ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् । मोतियाबिन्दुका बिरामीको बेनीमा हुने शल्यक्रिया शिविरमा उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।