बेनीका २ जनामा कोरोना संक्रमण

Gandaki Pardesh notice

बेनी । बेनीमा आइतबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

बेनी नगरपालिका–९ का ३० वर्षीय पुरुष र चितवन ठेगाना भई बेनी नगरपालिका–४ मा बसोबास गर्ने २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेका र शंकास्पद बिरामी व्यक्तिहरुको कात्तिक २० गते पठाइएको २० वटा नमुनाको पोखरामा पिसिआर बिधिबाट परिक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

स्वास्थ्य अवस्था सामान्य रहेका उनिहरु होम आइसोलेशनमा छन् । म्याग्दीमा योसँगै कोरोना संक्रमितको संख्या ११० जना पुगेको छ । ११ जना महिला र ६१ जना पुरुष संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३८ जना छ ।

Shreekrishna hardwear in news

म्याग्दीबाट हालसम्म एक हजार ९७६ वटा स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक हजार ९६२ वटाको नतिजा आएको छ । १४ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...