गलेश्वर मन्दिरको आम्दानी रु. ३ करोड ६९ लाख

khali

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा ८ महिनाको अवधिमा रु. ३८ लाख भेटि संकलन भएको छ ।

कोषको शनिबार भएको १८ औ कार्यकारी सभामा कोषाध्यक्ष कुमारी रोकाले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म गत वर्षको अल्या, भेटि सहित विभिन्न शिर्षकमा रु. ४ करोड ५ लाख ७६ हजार ९९५ आम्दानी, रु. ३६ लाख १४ हजार २१७ खर्च र रु. ३ करोड ६९ लाख ६२ हजार ७७७ बचत रहेको जानकारी दिनुभयो ।

गत असार मसान्तसम्म रु. ३ करोड ४५ लाख २० हजार २५० आम्दानी रहेको कोषमा साउन महिनायता थप रु. ६० लाख ५६ हजार ७४५ आम्दानी भएको कोषाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

मेलापर्वमा रु. १९ लाख ७८ हजार ८१८, भण्डपमा रु. १८ लाख २० हजार ६५७ भेटि संकलन भएको प्रतिवेदनमा उल्लेख छ । साउन सोमबारमा रु. ९ नौ लाख २७ हजार १७८, बालाचर्तुदशीमा रु. ६ लाख २१ हजार ९२२ र शिवरात्रीमा रु. ४ लाख २९ हजार ७१८ भेटि संकलन भएको हो ।

यज्ञ दर्ताबाट रु. २ लाख १८ हजार ७९०, यात्री निवास शूल्कबाट रु. २ लाख ५४ हजार ८३०, ब्याज रु. ९ लाख १० हजार ४२८, दान दातब्यबाट रु. २ लाख ५९ हजार ७३६, जिन्सी सामान बिक्रीबाट रु. २ लाख ३२ हजार ४०५ र पार्किङ शूल्कवापत रु. ७ हजार ९०० आम्दानी भएको छ ।

मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको छ । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

khali

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मुर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पुजाआजा गरेमा मनोकाक्षा हुुने धार्मिक विश्वास छ ।

मन्दिरको आम्दानीबाट गलेश्वर बजारमा सिसिटिभी क्यामेरा जडानका लागि रु. १ लाख ४३ हजार सहयोग गरिएको सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । प्रदेश सरकारको रु. ४० लाख बजेट र स्थानीयको लागत साझेदारीमा गलेश्वर मन्दिर परिसरदेखि कालीगण्डकी नदीमा स्नान गर्न जाने फुटपाथ सहितको पक्कि सडक निर्माण भएको छ । सो सडक देखि कालीगण्डकी नदीमा जाने पदमार्ग जेष्ठ नागरिक आश्रममा बस्ने बमबहादुर शेरपुञ्जाले बनाउनु भएको छ ।

मन्दिर परिसरमा निशूल्क इन्टरनेटको व्यवस्था मिलाइएको छ । पोखरा महानगर पालिका निवासी तेजबहादुर तथा बिष्णु कुमारी गर्बुजाको रु. ४ लाख पचास हजार सहयोगमा हवन कुण्ड मर्मत गरिएको छ । सो कुण्डमा टायल बिछ्याउन र चिम्नी राख्न बेनपा ९ घर भई हाल काठमाडौ निवासी रमेश सुवेदी र गंगा सुवेदीले रु. १ लाख ४८ हजार ७०० सहयोग गर्नुभएको छ ।

बेनपा ८ का जिवन कुमार विश्वकर्मा र बेनपा ९ घर भई हाल बेलायत बस्नुहुने शान्ता गौचनले मन्दिर परिसरको चौतारी मर्मत गर्नुभएको छ । बेनपा ९ का रविन्द्र कार्कीले नवग्रह स्थापना गर्नुभएको छ । शसस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मले मन्दिर प्रवेशद्धारमा विश्रामस्थल निर्माण गरेको छ ।

आगामी वर्ष गलेश्वर बजारको सडक कालोपत्र, नाली निर्माण, गौशाला निर्माण, राहुघाट र कालीगण्डकी नदी नियन्त्रण, त्रियापुत्री भवन र शव दाह संस्कारस्थल निर्माण गर्न विभिन्न निकायमा प्रस्ताव पेश गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभएको कार्यकारी सभामा प्रस्तुत आर्थिक, प्रगति प्रतिवेदन र कार्ययोजना छलफलपछि पारित भएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...