बेनी र दरबाङमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य परिक्षण गर्न घरदैलो

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको बेनी र दरबाङमा कोरोना (भाइरस)को महामारी फैलिन नदिन स्वास्थ्यकर्मी सहित घरदैला गरेर स्वास्थ्य परिक्षण अभियान सुरु भएको छ ।

बेनी नगरपालिका र मालिका गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम सहित घरदैलो गरेर नागरिकको स्वास्थ्य परिक्षण सुरु गरेका हुन् । बेनी नगरपालिकाले वडा न. ७ र ८ मा पर्ने बेनी बजारमा आइतबारदेखि घरदैलो गरेर स्वास्थ्य परिक्षण गर्ने अभियान सुरु गरेको छ ।

मालिका गाउँपालिकाले दरबाङ बजारमा शनिबार देखिनै यस्तै प्रकृतिको अभियान सुरु गरेको थियो । पछिल्लो समय जनप्रतिनिधि, ब्यापारी र समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण बढेपछि नगरपालिकाले स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अभियान सुरु गरेका छन् ।

Shreekrishna hardwear in news

कोरोना संक्रमितको आत्मबल बढाउने, सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्ने, लुकेका र स्वास्थ्य समस्या भएकालाई पहिचान गरि स्वाब परिक्षण गर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन घरदैलो अभियान सञ्चालन गरेको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक लीला गौतमले बताउनुभयो ।

‘कोरोना संक्रमणको उच्च जोखिमयुक्त क्षेत्रका समुदायका नागरिकहरु बाहिर ननिस्कीसकेको अवस्था छ,’ उहाँले भन्नुभयो ‘घरमा उहाँहरुको अवस्थाको बारेमा जानकारी लिने र कोभिड–१९ महामारी नियन्त्रणका लागि घरदैलो अभियानमा लागेका हौ ।’

Bhautik ministry notice about road

दुई जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि र टोल सुधार समितिका पदाधीकारी सहितको दुई वटा टोली बनाएर परिचालन गरिएको छ । देखिन नचाहने र लक्षण नदेखिएको भनेर संक्रमितहरु घरमै बसेको हुन सक्ने सम्भावनालाई मध्यजनर गरेर घरदैलो अभियान चलाएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीलाई थर्मल गन हस्तान्तरण गरेर अभियान सुरु गर्नुभयो ।

अभियानका क्रममा बजारबासीको घरमा पुगेर थर्मल गनले ज्वरो नाप्ने, स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा जानकारी गराउनुका साथै पालना गर्न प्रतिवद्धता सहित नागरिकलाई सपथ खुवाएका छन् ।

मास्कको अनिवार्य रुपमा प्रयोग गर्न, सामाजिक तथा भौतिक दुरि कायम गर्न, साबुनपानीले कम्तिमा २० सेकेण्ड समय सम्म मिचिमिचि पटक–पटक हात धुन वा गुणस्तरीय ह्याड स्यानीटाइजरको प्रयोग गर्न, बिशेष काम बाहेक घरबाट बाहिर ननिस्कन, प्रशस्त मात्रामा झोलिलो बस्तु तथा पोषिलो खानेकुरा खान, आफ्नो तथा परिवारका सदस्यको स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

समुदायका व्यक्तिहरुमा कोरोना संक्रमण फैलिन थालेपछि म्याग्दीको बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकाले सेवा र बजार बन्द गरेका छन् । भिड र अनावश्यक आवत जावतलाई ब्यवस्थित गर्न गरिएको सेवा बन्दले कोरोना फैलिन नपाएको र नियन्त्रणमा सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...