कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको बेनी नगरपालिकालाई सम्मान

Gandaki Kotihome

प्रदेश सरकार मातहतको डिभिवन वन कार्यालय पनि सम्मानित

बेनी । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दी जिल्लामा पहिलो बनेको बेनी नगरपालिकालाई बिहिबार जिल्ला समन्वय समितिले सम्मान गरेको छ ।

नवौ जिल्ला सभा, संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुको समिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बेनी नगरपालिकालाई उत्कृष्ट स्थानीय तह र डिभिजन वन कार्यालयलाई उत्कृष्ट कार्यालयको रुपमा सम्मान गरिएको हो ।

Shreekrishna hardwear in news

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली र जिसस प्रमुख राजकुमार थापाले नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी गण्डकी प्रदेश सरकार मातहतका म्याग्दी स्थित कार्यालयहरु मध्य उत्कृष्ट कार्यालयको रुपमा घोषणा भएको डिभिजन वन कार्यालयका प्रमुख बिष्णुप्रसाद अधिकारीलाई पनि प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Notice about ban dadalo

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसै महिना सार्वजनिक गरेको नतिजा अनुसार बेनी नगरपालिकाले ६९.२७ अंक प्राप्त गरि उत्कृष्ट ५० वटा स्थानीय तहभित्र पर्न सफल भएको नगर प्रमुख केसीले बताउनुभयो ।

सो मूल्याङकनमा मंगला गाउँपालिकाले ५८.८२, अन्नपूर्ण गाउँपालिकाले ५१.६२, धवलागिरी गाउँपालिकाले ५१.१८, रघुगंगा गाउँपालिकाले ४४.३१ र मालिका गाउँपालिकाले ४२.८४ अंक प्राप्त गरेका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...