सिंगाको ८५ वर्ष पुरानो चौतारी पुननिर्माण

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ८५ वर्ष पुरानो चौतारी पुननिर्माण भएको छ ।

स्थानीयबासीहरुले सहयोग जुटाएर चौतारी पुननिर्माण गरेका हुन् । वि.स. १९९५ मा भिरमुनी निवासी स्वर्गीय दधिलाल उपाध्याय पौडेलले सिंगा हुदै बेनी आवत जावत गर्ने बटुवा र भरियाहरुलाई लक्षित गरेर निर्माण गर्नुभएको चौतारी जिर्ण बनेको थियो ।

khali

रु. एक लाख ९७ हजार २१५ को लागतमा चौतारी पुननिर्माण भएको स्थानीय रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । बेनी नगरपालिकाको वडा नं. ४ को कार्यालयबाट रु. ४० हजार सहयोग प्राप्त भएको छ । बाँकी रकम ४४ जना दाताहरुबाट जुटाएर चौतारी पुननिर्माण गरिएको हो ।

Shreekrishna hardwear in news

चौतारीको सोमबार एक कार्यक्रमका बीच वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायत स्थानीयबासी तथा अगुवाहरुको उपस्थितिमा उद्घाटन गरिएको थियो । सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । बेनी–दरवाङ सडक निर्माण नहुँदा सम्म सिंगाको सो बाटो र चौतारी व्यस्त थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...