हेम नमुना आवासीयका विद्यार्थीले बनाए फोहोर व्यवस्थापन गर्ने चोयाको डस्टविन

Gandaki Ghumau

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका –७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका विद्यार्थीलाई वातावरणमैत्री चोयाका सामान बनाउने सिप हस्तान्तरण गर्न थालिएको छ ।

मौलिक र परम्परागत सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले विद्यार्थीलाई तालिम मार्फत सिप हस्तान्तरण गरिएको हो । विद्यालयका शिक्षक नेत्रलाल सुवेदीले स्वास्थ्य शारिरिक तथा सिर्जनात्मक कला विषय अन्र्तगत निगालोबाट चोया र सामान बनाउने सिप सिकाउन ४ दिने तालिम सञ्चालन गरेको जानकारी दिनुुभयो ।

“कक्षा ७ र ८ का विद्यार्थीको इच्छा अनुसार सिपमुलक व्यवहारिक तालिम दिएका हौ,” प्रशिक्षक समेत रहनुभएका शिक्षक सुवेदीले भन्नुभयो “निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डाम्लो बनाउन सिकाएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

शिक्षक सुवेदीले चोयाका सामान बनाउने तालिम दिनुभएको हो । विद्यार्थीले तयार पारेको निगालोको चोयाबाट बनेका ‘डस्टविन’ विद्यालयको फोहोर व्यवस्थापनमा प्रयोग गरिएको प्रअ सेरबहादुर केसीले बताउनुभयो ।

अघिल्लो पुुस्ताका नागरिकहरुको मृत्युु, नयाँ पुस्ताका युवा युवतिमा ज्ञान सिप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामाग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सिप लोप हुने अवस्थामा पुगेको छ । सामान भण्डारण र ढुुवानीमा प्रयोग हुुने चोयाका सामग्रीहरु वातावरणमैत्री हुुन्छन् ।

पलास्टिकका सामानका कारण प्रदुषण बढेकाले विद्यालयका साथै समुदाय स्तरमा चोयाबाट बनेका सामग्री प्रयोग गर्न प्रोत्साहन गरिएको प्रअ केसीले बताउनुभयो । गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदुुषण बढाउने पलास्टिक जन्य सामानको आयात घटाउँछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...