बेनीमा स्वास्थ्य परिक्षणका लागि घरदैलो, मालिकामा शब ब्यवस्थापन स्थल छनौट

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि बजार क्षेत्रमा घरघरै पुगेर स्वास्थ्य सचेतना र जाँच गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

कात्तिक २८ गते रातिसम्म सेवा र बजार बन्द भएको बेनीमा आइतबार देखि स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलीले स्वास्थ्य मापदण्डको बिषयमा जानकारी गराउनुका साथै स्वास्थ्य जाँच गर्न घरदैलो कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

नगर कार्यपालिकाका प्रबत्ता समेत रहनुभएका वडा न. ८ का अध्यक्ष रामकृष्ण बराइलीले कोराना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको पालना गर्न आग्रह गर्दै बजार क्षेत्रमा पर्ने ७ र ८ नम्बर वडामा घरदैलो गरिने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी मालिका गाउँपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको शब ब्यवस्थापनका लागि समिति गठन र स्थान छनौट भएको छ । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको उपस्थितिमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षतामा समिति गठन र दरवाङको छ्यार छ्यारे स्थित म्याग्दी नदी किनारमा संक्रमितको शव ब्यवस्थापन गर्ने निर्णय गरेको हो ।

मालिकाले दरवाङको जनप्रिय माविको प्राबि तहको भवनमा १५ शैयाको प्रिआइसोलेशन र ५ शैयाको कोरोना अस्पताल सञ्चालन गरेको छ । जनप्रतिनिधि, राजनीतिकर्मी, ब्यवसायी, कर्मचारीहरुमा कोरोना संक्रमण हुन थालेपछि बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिका, वडा कार्यालय, बैंक, वित्तिय, सहकारी संस्था र बजार बन्द भएको छ ।

बेनीमा कात्तिक १४ गतेदेखि सुरु भएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्बाइएको छ । बन्द पश्चात १०८ जनाको स्वाब संकलन भएकोमा २६ जनाको रिपोर्ट आउन बाँकी छ भने १९ जना अथवा २३ प्रतिशतमा कोरोना पुष्टि भएको छ । बुधबार यता भने म्याग्दीमा नयाँ संक्रमित थपिएका छैनन् । परिक्षण सुस्त भएको जनगुनासो बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...