गृहजिल्ला आएर निवर्तमान मन्त्री जुग्जालीले भन्नुभयो ‘झस्कनुपर्ने काम गरेको छैन’

Gandaki Kotihome

बेनी । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ ।

ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले १० महिने कार्यकालको अनुभव सुनाउनुभयो ।

लोभ नगर्ने र डर नमान्ने हो भने सुधार र परिवर्तन गर्न सकिने जुग्जालीले बताउनुभयो । पद र जिम्मेवारीमा रहेका व्यक्तिहरुले सकारात्कक सोच राखेर काम गर्ने हो भने परिवर्तन सम्भव हुने उहाँको भनाई थियो ।

Shreekrishna hardwear in news

‘यातायात नियमावली बनाउने र पोखरामा मिटरमा ट्याक्सी चलाउने निर्णय गर्दा लोभ, धम्की र दवावको सामना गरे,’ उहाँले भन्नुभयो ‘मैले २÷४ लाख टिपेर आएको भए सन्तुष्ट हुने थिइन होला । झसंग झसंग भैराख्थे होला नी ? पैसा दिनेसँग साहुको अगाडी ऋणी झुके जसरी झक्नुपर्दथ्यो होला ? कम्तीमा व्यक्तिगत सम्बन्ध राम्रो बनाए । कर्मचारी र स्वार्थ समूहबाट हेपिएर निस्कनु परेन् ।’

Notice about ban dadalo

मन्त्री जुग्जालीले संघीय सरकारमा नेपाली काँग्रेससँगको सहकार्यबाट जनअपेक्षा अनुसारको परिमाण निस्कन नसकेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक समिकरण बनाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

मानिसमा बढ्दो महत्वाकाक्षाका कारण निराशा बढेको र त्यसले तनाव सिर्जना हुने बताउदै जुग्जालीले मानिसको स्वस्थ्यका लागि योग र ध्यान आवश्यक पर्ने बिचार व्यक्त गर्नुभयो । पाका भन्दा पनि नयाँ पुस्ताको महत्वाकाक्षाका कारण भ्रष्ट्राचार बढेको उहाँले बताउनुभयो ।

योग ध्यानको माध्यमबाट स्वस्थ्य समाज र सकारात्मक सोचको विकास गर्न योग पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । बेनीमा योग तथा ध्यान प्रशिक्षण केन्द्र बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ब्रह्मकुमारी राजयोग विश्व विद्यालयको पूर्वाधार निर्माणका लागि रु. ५ लाख बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो । कार्यक्रममा ब्रह्माण समाजका अध्यक्ष लिलाराम गौतम, मुस्लिम सेवा समितिका अध्यक्ष रहमद खान लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

ब्रह्मकुमारी राजयोग विश्व विद्यालय बेनीका प्रमुख रिनाको अध्यक्षता, प्रतिभाको सञ्चालन र सरस्वतीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महिमाले महाशिवरात्री पर्वको बारेमा धार्मिक प्रवचन गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...