मंगलाको तटीय क्षेत्र कटानको चपेटामा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको तटीय क्षेत्र कटानको चपेटामा परेको छ ।
यसपालीको बर्खामा म्याग्दी नदी र ठाडो खोल्साहरुमा आएको बाढीले मंगला गाउँपालिकाको ५ र २ नम्बर वडाका विभिन्न ठाउँमा खेतियोग्य जमिन कटान गर्नुका साथै बस्तीलाई जोखिम बनाएको हो ।


वडा नम्बर ५ मा पर्ने हाँडेभिर, पिपलबोट म्याग्दी नदीको कटान र कुरसिम्ला हिलवाङ खोलाको बाढीको जोखिममा परेको छ । म्याग्दी नदीमा आएको बाढीले कुरसिम्ला र पिपलबोटमा सडक बगाएपछि पाखु, पिपलबोट, सेराफाँट, छिसबाङ, टिकावाङ, धारा, सिर्कुमका बस्ती यातायात सञ्जालबाट बिच्छेद भएका छन् । हाँडेभिरमा १३ वटा घर र अर्मन स्वास्थ्य चौकीको भवन म्याग्दी नदीको कटानको जोखिममा परेको छ । हाडेभिरमै १५ शैया क्षमताको अस्पताल भवन बनाउन लागिएको छ । खेलमैदान समेत कटान भएको वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।
म्याग्दी नदीले धार परिवर्तन गरेर दर्जनौ ठाउँमा धान सहित खेतियोग्य जमिन कटान गरेर बगाएको छ । दुखुखोलामा आएको बाढीले कटान गरेर वडा न. २ को सहश्रधाराका करिब २० घरधुरी जोखिममा परेका छन् । सिम, सिमलचौर, तोराखेत लगायतका ठाउँमा पनि म्याग्दी नदीले धान खेत कटान गरेको छ । यसअघि किनारमा लगाइएको तटबन्ध बढाएको छ । नयाँ तटबन्ध निर्माण नगरे आउने बर्खामा ठूलो क्षति हुने गाउँपालिकाले जनाएको छ ।

Bhautik ministry notice about road


हाँडेभिर र पिपलबोटमा डाइभर्सन बनाएर सडक खुलाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । सडक अवरुद्ध हुँदा वडा न. ५ का पाँच सय भन्दा बढी घरधुरी यातायात सुबिधाबाट बञ्चित भएका छन् । जोखिमयुक्त ठाउँमा तटबन्ध गर्न पालिकाका साथै संघ र प्रदेश सरकारका निकायबाट पनि थप बजेट र योजना माग गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...