डाडाखेतका कृषकले उत्पादन गरेको आलुलाई बजारको अभाव

Gandaki Ghumau

डाडाखेत, । म्याग्दीको बेनी नगरपालिका– ४ डाडाखेतका कृषकले उत्पादन गरेको आलुलाई बजारको अभाव भएको छ ।
बजार र उचित मूल्य नपाउँदा कृषक निराश भएका छन् । १७ जना कृषक आवद्ध डाडाखेत कृषि तथा पशुुपंक्षी समुहले ३० रोपनी जमिनमा हिउदे आलुु खेती गरेका थिए । समूहका सचिव अमृता बानियाले आलुले बजार र मूल्य नपाएको गुनासो गर्नुभयो ।
सो समूहका सदस्यहरुले मात्रै २० हजार ४०० किलोग्राम आलुु फलाएका छन् । घरमा खानलाई पुुगेर बढी भएको आलुु बेचेर आम्दानी गर्ने सोच भएपनि बजार नपाएको कृषक खिमकुमारी खड्काले बताउनुभयो ।
एक जनाले डेढ रोपनीका दरले गहुुँ, तोरी बालीको विकल्पमा आलु खेती गरेका थिए । बजारमा यसअघि प्रतिकिलो रु. ५० देखि ६० रुपैयाँ मूूल्य पर्ने आलु यसपाली २५ रुपैयाँमा पनि बिक्री हुन छाडेको सचिव बानियाले बताउनुभयो ।
यातायातको असुविधा र बजारको अपायक भएकाले पनि आलु बिक्री गर्न समस्या भएको डाडाखेतका कृषकले गुनासो गरेका छन् । उनिहरुले आलुलाई सिंगाको चिस्यान गृहमा भण्डारण अथवा उचित मूल्यमा बिक्रीको व्यवस्थापन गरिदिन वडा कार्यालय, बेनी नगरपालिका र कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेका छन् ।


कृषि ज्ञान केन्द्र म्याग्दीको समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजना अन्र्तगत खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम मार्फत डाडाखेतमा हिउँदे आलु खेती गरिएको थियो ।
डाडाखेतको साथै बेनी नगरपालिकाको वडा नम्बर ४ ठूलोखोला, राक्से, वडा नम्बर ५ को फुुर्केसल्लाका कृषकहरुले पनि हिउँदे खाद्यान्न बालीको विकल्पमा आलुु खेती गरेका छन् । म्याग्दीलाई हिउदे आलुुमा आत्मनिर्भर बनाउन ८ सय रोपनी भन्दा बढी क्षेत्रफलमा आलुु खेती गर्न कृषि ज्ञान केन्द्रले सहयोग गरेको थियो ।

Shreekrishna
Gunasthariya Shiksya


विगतका बर्षहरुमा गहुँ, जौ लगायतका खाद्य बाली लगाउने भएपनि यस बर्ष खायन आलु प्रवद्र्धन कार्यक्रमले कृषकहरुलाई अनुदान दिएपछि आलु खेतीलाई व्यावसायिक रुपमा लगाएको ठुलोखोकी अगुवा कृषक मैना खड्काले बताउनुभयो ।
केन्द्रका प्रमख सञ्जीव बास्तोलाका अनुसार, यस बर्ष हिउँदे आलुको खेती विस्तार गर्न २० वटा समूह र १ वटा सहकारी खायन आलुको अनुदानका लागि छनौट भएका थिए । यस कार्यक्रम अन्तरगत जिल्लामा थप १ हजार रोपनीमा बर्खे आलुु खेती विस्तार भएको छ ।
गण्डकी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले म्याग्दी जिल्लामा आलुको संरक्षण तथा विस्तार र व्यवसायिकताका लागि चालु आर्थिक बर्षमा रु. करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयले कार्यक्रममा समावेश हुन आएका कृषक समूह र सहकारीहरुलाई आलुको विउ र उपकरण खरिदमा प्रतिरोपनीमा रु. १० हजारका दरले अनुदान दिएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट खायन आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत हिउँदे आलुमा बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरि गाउँपालिकाका कृषकहरुले अनुदान पाएका छन् । बर्खे आलुमा रघुगंगा र अन्नपूर्ण गाउँपालिका समेटिएका छन् ।
म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु लगाउने चलन भएपनि हिउँदे आलुको विउ बाहिरबाट बढी ल्याउने गरेका छन् । विउ आलुमा समेत जिल्लालाई आत्मनिर्भर बनाउने उदेश्यले यस बर्ष २० रोपनीमा विउ आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन भएको केन्द्र प्रमुख बास्तोलाले बताउनुभयो ।
अघिल्लो वर्षको तुलनामा आर्थिक बर्ष २०७९÷८० मा जिल्लामा ६ दशमलब ३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार ४१० मेट्रिक्टन उत्पादन भएको थियो ।

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको सिंगा, भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन । जिल्लावाट वार्षिक रु. ६ करोड भन्दा बढी मूल्यको बर्खे आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

बर्खे आलुमा उत्पादीत मध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक्टन भन्दा बढी आलु निकासी हुने गरेको हो । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...