विविध कार्यक्रम सहित स्थानीय सेवा दिवस मनाइयो

Gandaki Ghumau

बेनी, । गण्डकी प्रदेशको प्रथम स्थानीय सेवा दिवस शुक्रबार म्याग्दीमा विविधि कार्यक्रम गरि मनाइएको छ ।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आव्हान अनुसार विभिन्न रचनात्मक कार्यक्रमका साथ दिवस मनाइएको हो । बेनी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा १० जनाले रक्तदान गरेका स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल म्याग्दीका अध्यक्ष ईश्वर बहादुर भण्डारीले बताउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna

यसैगरी बेनी नगरपालिकाको सभाहलमा नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्यतामा म्याग्दीका स्थानीय तहमा अन्तर स्थानीय तह शरुवा हुने कर्मचारीहरुको बिदाई, सरुवा भएर आएका कर्मचारीहरुलाई स्वागत, बढुवा भएका कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन, वृहत भेटघाट र चियापान कार्यक्रम भएको थियो ।

धवलागिरी गाउँपालिकाको कार्यालयमा बिहिबार र शुक्रबार साँझ दिप प्रज्वलन गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाको कार्यालय परिसर सरसफाई र दिप प्रज्वनलन गरिएको छ । गण्डकी प्रदेशमा स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन जारी भएको दिनको सम्झनामा स्थानिय सेवा दिवस हरेक वर्ष फाल्गुण १८ गते मनाइन्छ । गत वर्ष २०७९ साल फाल्गुण १८ गते गण्डकी प्रदेश सरकारले स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...