एमाले धवलागिरि गाउँपालिकाको अध्यक्षमा प्रगति कार्की

khali

मुना, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा प्रगति कार्की चयन हुनुभएको छ ।

मुनामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनबाट चयन भएको ३१ सदस्यीय कमिटिको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अहिले नेकपा एमाले आन्तरिक सुदृढीकरणको अभियानमा अगाडि बढेको बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

उहाँले २०८४ सालमा हुने तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरी नेकपा एमाले मिसन ०८४ को अभियानसहित सङ्गठन विस्तार र सुदृढीकरण लागिपरेको बताउँदै नेता, कार्यकर्तालाई आउँदो निर्वाचन एमालेको पक्षमा नतिजा ल्याउने गरी खट्न निर्देशन दिनुभयो ।

सोही अधिवेशनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले नेकपा एमाले सत्तामा रहँदा देश विकासका लागि गरेका कामहरुको प्रचार गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनको कारणले गर्दा देश अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउँदै देश विकासको प्रमुख बाधक वर्तमान सत्ता गठबन्धन रहेको आरोप लगाउनुभयो ।

अधिवेशनको उद्घाटनसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्यद्वय हरिकृष्ण श्रेष्ठ, खरमाया बिटालु, जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन र उपसचिव सतप्रसाद रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम एमाले धवलागिरि गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष राजाराम सुवेदीको अध्यक्षता, मुनाका वडा कमिटी अध्यक्ष विष्णु भण्डारीको स्वागत र प्रगति कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...