विपद्को क्षति न्युनीकरण गर्न पुर्वतयारी– मुख्यमन्त्री पाण्डे

Gandaki Ghumau

बेनी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पुर्वको तयारी, रोकथाम, उद्दार, राहत तथा क्षतिपुर्ति वितरण र पुर्नस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा शुक्रबार आयोजना गरेको नदीजन्य विपद्को नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री पाण्डेले विपद्को जोखिम र क्षति न्युनीकरणमा प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।

“हिमाल, पहाड र तराईको भूगोल समेटिएको गण्डकी प्रदेशमा सबै किसिमका विपद्को जोखिमको पहिचान गरि क्षति न्युनीकरण गर्न पुर्व तयारी गरेका छौ,” उहाँले भन्नुभयो “विपद् पुर्वको तयारी, विपद्को अवस्थामा गरिने प्रतिकार्य तथा विपद् पश्चात राहत र पुर्नस्थापनाको कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।”

Shreekrishna

विपद्को क्षति न्युनीकरणका लागि समुदाय स्तरमा सचेतनामुलक गतिबिधि, सुरक्षा निकायको क्षमता अभिवृद्धि, सिपयुक्त जनशक्ति तयार, राहतको भण्डारण र पुर्नस्थापन सम्बन्धी कार्य गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

Gunasthariya Shiksya

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हुन थालेका अधिक वर्षातका कारण खोलानालामा आउने बाढीले तटीय क्षेत्रका बजार तथा बस्तिमा गर्ने कटानलाई गण्डकी प्रदेशमा विपद्को नयाँ चुनौतिका रुपमा लिइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रदेश स्तरमा रु. दश करोड र ११ वटै जिल्लामा रु. दश÷दश लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष स्थापना गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विपद् व्यवस्थापनका लागि समुदाय स्तरमा सिपयुक्त जनशक्ति तयार पार्ने र सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विपद् व्यवस्थापन वेस क्याम्प स्थापना गरिएको जानकारी दिनुभयो । शसस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीका बाहिनीपति कालिदास धौवजीले विपद् व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्तिको क्षमता अभिवृद्धिका लागि नमुना अभ्यास गरिएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भएको नमुना अभ्यासमा ३५ जना सहभागि भएका थिए । नदीमा बग्दै गरेको, नदीमा अड्कीएको, डुबेको, डोरीबाट झरेर गरिने उद्दारको नमुना प्रर्दशन गरिएको शसस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार पौडेलले बताउनुभयो । म्याग्दीका ६ वटा स्थानीय तहबाट ५÷५ जनालाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम पनि दिइएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...