लुम्बीनी कपमा गण्डकीको कप्तानी अरुणालाई

Gandaki Ghumau

पोखरा, । अरुणा शाहीको कप्तानीमा गण्डकीको महिला भलिबल टोली प्रथम लुम्बिनी कप राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउन पाल्पा पुगेको छ ।

फागुन १८ देखि २४ गते सम्म पाल्पाको रामपुर नगरपालिकामा जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने गण्डकीको प्रशिक्षकको नेतृत्व मलिन रोका मगरले पाउनुभएको छ ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङका अनुसार गण्डकीको टोलीमा एलिशा रोका मगर, मनिषा तिलिजा, काजल छन्त्याल, सजिना बुढाथोकी, पुजा सेन ठकुरी, सोइङ्ग थापा, हिमाली रोका, सम्पदा गुरुङ, खुसी पुन, रेविना घर्ती मगर र अनिशा रोका रहेका छन् ।

Shreekrishna
Gunasthariya Shiksya

त्यसै गरी टिमको सहायक प्रशिक्षकमा समित गुरुङ र टिम म्यानेजरमा पूर्ण बहादुर गुरुङ ‘जापान’ रहेका छन् । नेपाल भलिबल संघको संयोजन, प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवर्द्धन तथा मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका लागि अध्यक्ष गुरुङले जितको शुभकामना व्यक्त गरेका छन् ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु. २ लाख ५० हजार, उपविजेताले रु. १ लाख ५० हजार, तृतियले रु. ७५ हजार र चौथो हुने टिमले रु. ३५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद रु. १५ हजार तथा अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीहरुले जनही नगद रु. १० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...