जलजलाको लोगो डिजाइन गर्नेलाई पुरस्कार

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई रु. दश हजार पुरस्कार दिने भएको छ ।

गाउँपालिकाले बिहीवार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । लोगो निर्माण गर्दा गाउँपालिकाको नाम र नेपालको झण्डा अनिवार्य समावेश गर्नुपर्नेछ ।

‘लोगोमा समावेश हुने कुनै पनि कुरा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, संघीय ईकाई वा विभिन्न जात जाति धर्म सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने जातीय लैङ्गिक तथा कुनै पनि खालको विभेद जनिने तथा सार्वजानिक शिष्टाचार प्रतिकुल हुनुहुँदैन,’ सुचनामा भनिएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

लागोमा प्रयोग हुने संकेत तथा चिन्हहरु संक्षिप्त स्पस्ट र आकर्षक हुनुपर्दछ । सूचना प्रकाशित भएको मितिले फागुन २३ गतेभित्र लोगो बनाएर खामबन्दी मार्फत गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई गाउँपालिकाले १० हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । साथै सहभागीहरुलाई पनि प्रमाणपत्र उपलव्ध गराईनेछ ।

यसैगरी जलजला गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई धार्मिक स्थल पञ्चकोटको दर्शन गराएको छ । पञ्चकोटमा सञ्चालित ब्रह्माण्डीय महायज्ञमा जलजला गाउँपालिकाका ७० वर्ष उमेर पुगेका ६५० जना जेष्ठ नागरिकहरुलाई बस रिजर्भ गरेर बुधबार लगिएको थियो । जेष्ठ नागरिकहरुको चाहना अनुसार निशूल्क रुपमा धार्मिक स्थलको भ्रमण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...