स्थानीय सेवा दिवस विविध कार्यक्रमका साथ मनाइने

Gandaki Ghumau

बेनी, । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति म्याग्दीले यही फागुन १८ गते शुक्रबार विभिन्न कार्यक्रम गरेर प्रथम स्थानीय सेवा दिवस मनाउने भएको छ । दिवसको अवसरमा शुक्रबार बेनी बजारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सञ्जालका प्रदेश उपाध्यक्ष तथा जिल्ला अध्यक्ष ईश्वर बहादुर भण्डारीले शुक्रबारनै म्याग्दीका स्थानीय तहमा अन्तर स्थानीय तह शरुवा हुने कर्मचारीहरुको बिदाई, सरुवा भएर आएका कर्मचारीहरुलाई स्वागत, बढुवा भएका कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन, वृहत भेटघाट र चियापान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाका स्थानिय तहहरुमा दीपावली गर्ने, सरसफाई गर्ने, दीर्घ सेवी कर्मचारी सम्मान लगायत विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरी भव्य रूपमा मनाउने तयारी भएको छ ।

Gunasthariya Shiksya

सञ्जालको गण्डकी प्रदेश कार्य समितिले राष्ट्रव्यापी डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । संघीयता कार्यान्वयनको आधार स्तम्भ र जनताको घर आँगनमै पुगेर सेवा प्रदान गरिरहेको महत्वपूर्ण सेवाको रूपमा रहेको स्थानिय सेवालाई प्रभावकारी र आकर्षणको केन्द्रका रूपमा स्थापित गर्न दिवसले सन्देश प्रवाह गराउने विश्वास गरिएको छ ।

Shreekrishna

गण्डकी प्रदेशमा स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन जारी भएको दिनको सम्झनामा स्थानिय सेवा दिवस हरेक वर्ष फाल्गुण १८ गते मनाइन्छ । गत वर्ष २०७९ साल फाल्गुण १८ गते गण्डकी प्रदेश सरकारले स्थानिय सेवा (गठन तथा सञ्चालन) ऐन प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...