रुप्से खण्डमा खसेको ढुङ्गाले बाटो छेकेपछि बेनी–जोमसोम सडक अवरुद्ध

Gandaki Ghumau

बेनी, पाखोबाट खसेको ढुङ्गाले बाटो छेकेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी –जोमसोम सडक आज दिउँसो देखि अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना नजिकै पाखोबाट ठुलो ढुङ्गा खसेर सडकमा सवारी साधन आवत जावतमा अवरोध सिर्जना भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर बिष्णु चापागाईले बिच सडकमा ठूलो ढुङ्गा आएर बसेकाले सवारी साधन आवत जावत बन्द भएको बताउनुभयो ।

Gunasthariya Shiksya

“आज दिउँसो १ बजेतिर ढुङ्गा खसेको हो,” उहाँले भन्नुभयो “बिच सडकमा रहेको ढुङ्गा फुटाएर आवत जावत खुलाउन डोजर र मजदुर परिचालन गरेका छौ ।” सडक खुलाउन करिब तीन घण्टा लाग्ने ईञ्जिनियर चापागाईले बताउनुभयो ।

Shreekrishna

मुस्ताङबाट म्याग्दी तर्फ आउने सवारी साधन रुप्से र देशका विभिन्न ठाउँबाट मुस्ताङतर्फ जाने सवारी साधनहरु दानाको तितरमा रोकिएका छन् । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम कोरला सडक राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्र्तगत स्तरोन्नतिको क्रममा रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...