‘गंगा जि का शिला अयोध्यायमा’ भजनको म्युजिक भिडियो

Gandaki Kotihome

बेनी, । ‘गंगा जि का शिला अयोध्यायमा’ भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोले भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिला, गलेश्वर र कालीगण्डकी नदी सहित म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धु्रब जिसी र माया गुरुङको स्वर रहेको गितको लय तथा संगित नकुल ढकाल (नविन)को रहेको छ । भुपेन बानियाले सम्पादन गर्नुभएको म्युजिक भिडियो म्याग्दीको गलेश्वरमा छायांकन गरिएको छ । म्याग्दीका कलाकारहरुले भजनमा अभिनय गर्नुभएको छ ।

Upper Myagdi transmition line notice

अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा हिन्दु धर्मावलम्बीहरुका भगवान रामको बाल्यकालको मुर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरा स्थित कालिगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला उपहार दिइएको हो ।

Annapurna aarohan ko notice

देवशिलाको उद्गम स्थललाई श्रीराम घाट नामाकरण गरिएको छ । देवशिला उत्खनन गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

उहाँका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुङ्गालाई पनि संरक्षण गर्ने योजना सहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर स्रोतको खोजी थालिएको छ । देवशिला उत्खनन् भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ ।

मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तिर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो । विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतार मान्ने गर्दछन् ।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । हिन्दु धर्मगुरु हिमालय बाबाले पौलत्स्य र जडभरत ऋषिको तपस्या स्थल एवम् कालञ्जर पर्वतको फेदीमा रहेको देवशिला उद्गम स्थलको धार्मिक हिसाबले धेरै महत्व रहेको बताउनुभयो । कालीगण्डकीलाई हिन्दु धर्मावम्बीहरुले कृष्णगण्डकीको रुपमा चिन्ने गर्छन् ।

https://www.youtube.com/watch?v=3pNxzZpVALA

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...