बेनीमा फागुन १६ देखि दादुरा रुवेला विरुद्धको खोप अभियान

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यही फागुन १६ देखि २१ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ ।

बेनी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार खोप अभियानको तयारीका विषयमा जनप्रतिनिधि, शिक्षा समितिका सदस्य र महिला स्वास्थ्य स्वमसेविकाहरुलाई अभिमुखीकरण गरेको छ ।

दक्षिणपूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्तर्गत बेनी नगरपालिकामा फागुन २१ देखि खोप अभियान सञ्चालन गर्न लागिएको बेनी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

बेनी नगरपालिकाका दश वटै वडामा ९ महिना देखि ५ वर्षमुनीका सम्मका लक्षित सबै बालबालिकालाई खोप लगाउन अभिभावकहरुलाई अनुरोध गरिएको छ । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि सम्भव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको हो

सन् २०२२ – २०२३ मा नेपालको धेरै जिल्लाहरूमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो । दादुरा रुवेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोस्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र सर्तहरू रहेको छ ।

प्रति १ लाख जनसङ्ख्यामा वार्षिक कम्तीमा २ जना शङ्कास्पद बिरामीको पहिचान भई प्रयोगशाला परिक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुवेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिना सम्म स्थानीय दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोही अवस्था कायम भएमा दादुरा– रुवेलाको अवस्था शुन्य भएको मानिन्छ ।

बेनी नगरपालिका–प्रमुख सुरत केसीले लक्षित सबै बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने वातावरण बनाउन जनप्रतिनिधी, स्वास्थ्यकर्मीलाई निर्देशन तथा सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो । नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक लिला गौतमले खोप केन्द्रमा नआएका बालबालिकालाई खोज्दै घरघरमा समेत पुगिने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...