मोना क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता गर्ने

Gandaki Kotihome

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।

मोना अन्तराष्ट्रियको बेनीमा रहेको सचिवालयमा बिहिबार भएको पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो ।

प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा लिएर निबन्ध लेखन प्र्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सुन्दासले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

नेपाली भाषामा १५ सय शव्दको निबन्ध लेख्ने प्रतियोगितामा म्याग्दी जिल्लामा जन्मिएका र अध्ययन गरेकाहरुले भाग लिन पाउनेछ । प्रतियोगिता खुल्ला रहेकाले जिल्लाका शिक्षक, विद्यार्थी, कर्मचारी, प्रवासमा रहेका म्याग्देलीहरुले सहभागिता जनाउन पाउनेछन । विद्यार्थीको हकमा १ विद्यालयबाट २ जना मात्रै विद्यार्थीले सहभागिता जनाउन पाउनेछन ।

प्रतियोगिताको नियम सम्बन्धी सम्पूर्ण जानकारी मोना क्रोएसियाको फेसवुक पेजमार्फत लिन सकिने अध्यक्ष सुन्दासले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना पुरस्कार क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित ट्रफि र प्रमाणपत्र राखिएको छ ।

निबन्ध मार्च ८ तारिख अर्थात यहि फागुन २५ गते सम्म पठाईसक्नुपर्ने छ । नतिजा मार्च २४ तारिख अर्थात चैत्र ११ गते प्रकाशन गरिने र विजेताहरुलाई बेनी स्थित मोना अन्तराष्ट्रिय कार्यकारी समितिको सचिवालयमा एक समारोहको आयोजना गरि पुरस्कार वितरण गरिने कार्यतालिका बनाईएको कार्यक्रम संयोजक रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठले विश्वभरि छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था मोनाले जिल्लाको विकास र सामाजिक गतिविधिहरुमा निरन्तर सघाउदै आएको बताउनुभयो । जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिवालय प्रमुख स्मृति सुवेदीले गर्नुभएको थियो । सम्मेलनमा अध्यक्ष सुन्दासले मोना क्रोएसियाले हालसम्म संचालन गरेका गतिविधिहरुको बारेमा समेत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...