राप्रपाको ४० बुँदे ज्ञापनपत्र

Gandaki Ghumau

बेनी । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले म्याग्दीले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतको माग गदैं प्रमुख जिल्ला अधिकारीमार्फत ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएको छ ।

Gunasthariya Shiksya

विदेशमा रहेका नेपाली नागरिकहरुले निर्वाचनमा मतदानको अधिकार, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर एकल अंकमा कायम भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका माग गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा पूर्वराज्यमन्त्री एवम् केन्द्रिय सदस्य भिमप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा, राप्रपा नगर अध्यक्ष देबेन्द्र क्षत्रीले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै दबावमूलक प्रदर्शन गर्ने समेत गरेको छ ।
संघीयतामा प्रदेश र राजनीतिक भागबन्डाका कारण देश आर्थिक संकटमा परेको बताउँदै दुई तहको सरकारमार्फत स्थानीय तहलाई शक्तीशाली बनाउनुपर्ने राप्रपाको ज्ञापनपत्रमा उल्लेख छ । सरकारलाई बुझाइएको ज्ञापनपत्रका बारेमा सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । ज्ञापनपत्र बुझाउने क्रममा राप्रपाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...