प्रवासमा ज्यान गुमाएका म्याग्देलीको छोरीलाई पढाईखर्च सहयोग

Gandaki Ghumau

बेनी, । खाडीमुलक कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
गतबर्षको डिसेम्बर ६ तारिकमा अचानक बेहोस भई ढलेपछि उपचारको क्रममा अस्पतालले मृत घोषित गरेलगत्तै कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार र परोपकारी कार्यमा सक्रिय रहेको मोना कतार बहुउदेश्यीय अक्षय कोषमार्फत १ लाख ५७ हजार ३२३ सहयोग जुटाइएको थियो ।

Gunasthariya Shiksya

उक्त सहयोगमा मोना अन्तराष्ट्रियले ५० हजार तथा अन्य सबै सहयोग कतारमा संकलन गरिएको मोना कतारका अध्यक्ष राजु पौडेलले बताउनुभयो । उहाँले उक्त सहयोग स्वर्गीय घर्तीकी छोरी कुशुम घर्तीमगरको शिक्षादीक्षामा खर्च गर्ने गरी गरिमा विकास बैंकमा मुद्धतिमा राखिएको बताउनुभयो ।
घर्ती बेनी सामुदायिक माविमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सहयोग ग्रहण गदैं स्वर्गीय घर्तीकी श्रीमतिले छोरीको शिक्षादीक्षामा खर्च गर्ने बताउनुभयो । उहाँले घरखर्च, कोठाभाडा तिर्ने पैसा नहुदाँ गिटी कुटेर, फलफुल बेचेर जीवन निर्वाह गरिरहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठान म्याग्दीमा सचिव बिजुन खत्री, मोना कतारका संचार संयोजक हरिकृष्ण गौतम, मोना सचिवालकी प्रमुख स्मृति सुबेदी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन मोना कतारका सचिव कमल खत्रीले गरेका थिए । ८ वर्षअघि कतार पुगेका घर्तीमगरको शब नेपाल पठाउन र थप सहयोग जुटाउन समेत मोना कतारले नेपाली दूतावासको सहकार्य गरी पठाएको थियो । यसैबीच स्वर्गीय घर्तीमगरकी छोरीको शिक्षादीक्षाका बारेमा मोना कतारका अध्यक्ष पौडेलले बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठ, सहायक प्रअ काशिराम रेग्मीसँग समेत जानकारी लिदैं विद्यालयमा लाग्ने खर्चहरू छुट तथा अतिरिक्त कक्षामा समेत सहयोग गरिदिन अनुरोध गर्नुभयो् । उक्त प्रस्तावलाई विद्यालयका प्रअ श्रेष्ठले सकारात्मक रुपमा लिदैं पढाइमा कुनै कमी नहुने र थप सुविधाहरुमा समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...