कालीपुलमा गाई म¥यो की मारियो ?

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा मंगलबार साँझ घाइते अवस्थामा भेटिएको गाई बुधबार साँझ मर्यो ।

केही दिनअघि मात्र ब्याएको गाई आफै म¥योकी कसैले मारे भन्नेमा शंका उत्पन्न भएको छ । मरेको गाई बजारमा छाडा छाडिएको हो ।स्थानीयबासीले ठक्कर दिएर गाई मार्ने टिप्परका चालकलाई जोगाउन चलखेल भएको आरोप लगाएका छन् ।

कालीपुलका युवा मनोज गौचनले ग १ क ४७२० नम्बरको टिप्परले ठक्कर दिएर गाइलाई घाइते बनाएको बताउनुभयो । ‘टिप्परले ठक्कर दिएर गाईलाई घाइते बनाएको हामीले प्रत्यक्ष देखेका छौ,’ गौचनले भन्नुभयो ‘तर प्रहरीले टिप्परका साहुको दवाव र प्रभावमा परेर प्रमाण लुकाई आफै मरेको कागजात बनाएर गौहत्यामा संलग्न चालकलाई उन्मुक्ति दिन चलखेल भएको छ ।’

Shreekrishna hardwear in news

टिप्परको छेउमा गाई लडेको थियो । टिप्परको अगाडीको भागमा गाइको रौ थियो । ट्राफिक प्रहरीले टिप्परमा साङ्ला लगाएको थियो । तर पछि हटाएको स्थानीयबासीले बताउँछन् । घाइते, मृत अवस्थाको गाई र टिप्परको तस्बिर तथा भिडियो खिचेको भन्दै प्रहरीले धम्काएको कालीपुलका बासिन्दाले बताएका छन् ।

गाइलाई ठक्कर दिएको आरोप लागेको टिप्पर बेनी–गलेश्वर सडकको कालीपुल खण्डको कालोपत्रे गर्ने आयोजनाको ठेकेदार कम्पनी एपी कन्ट्रक्सनका सञ्चालक बिपिन खड्काको हो । निर्माण ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका खड्काले आफ्ना चालकलाई जोगाउन चलखेल गरेको आरोप कालीपुलका बासिन्दाले लगाएका छन् ।

खड्काले भने स्थानीयले लगाएको आरोप सत्य नभएको बताउदै उनिहरुको भनाई र घटनास्थलको बस्तुस्थिति नमिल्ने बताउदै कसैलाई दवाव नदिएको दावी गर्नुभयो । उहाँले आफ्ना चालकको गल्तीले ठक्कर दिएको र सोही कारणले गाइको मृत्यु भएको पुष्टि भएमा कारबाही स्वीकार्ने बताउदै यसअघि पनि बेनीमा भएका यस्तै प्रकृतिका घटनामा संलग्न सबैलाई समान कारबाही हुनुपर्ने माग गर्नुभयो ।

Bhautik ministry notice about road

मृत गाइलाई बिहीबार दिउँसो बेनी नगरपालिकाका कर्मचारी सहितको रोहबरमा प्रहरीले खाडल खनेर ब्यवस्थापन गरेको छ । गाइको शव उठाउने क्रममा स्थानीयबासी र प्रहरीबीच बिवाद भएको थियो । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले गाई मर्नुको कारण बारे अनुसन्धान भैरहेको प्रतिक्रिया दिनुभयो ।

गाई घाइते अवस्थामा भेटिएको प्रहरीले खबर गरेपछि बुधबार बिहान औषधी उपचार गरेको भेटरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख नारायण कुशुमले बताउनुभयो । उहाँले गाइको शरिरमा बाहिरी चोटपटक नदेखिएपनि मलद्धारबाट रगत निस्कीएको बताउनुभयो ।

उपचारका क्रममा गाईले खुट्टा छुन नदिएको उहाँको भनाई छ । घाइते अवस्थामा रहेको गाईको मलद्धारबाट केही बस्तुले घोचिएको हुन सक्ने पशु चिकित्सक कुशुमको भनाइ छ । प्रहरीले गाइको मृत्युको कारण पहिचान गर्न भेटेरिनरी अस्पताललाई पत्राचार गरेको छ । दुर्घटना र संयोगबस अथवा लापरबाही र नियतबस गाइलाई घाइते बनाइएको हो भन्ने खुल्ल सकेको छैन् ।

राष्ट्रिय जनावर गाई मार्न नपाउने कानुनी ब्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशु पन्छी सम्बन्धी ब्यवस्था छ । गाई, गोरु मार्न वा कुट्न नहुने र त्यस्तो गरेमा बढीमा तीन वर्षसम्म कैद सजाय हुने कानुनी ब्यवस्था छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...