बेनी, । प्रकाश माध्यमिक विद्यालयको आयोजनामा सोमबार बेनीमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता सन्पन्न भएको छ ।
म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको छ । लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमश द्वितीय र तृतीय हुन सफल भएका छन् ।
प्रथम हुने विद्यालयले ट्रफि र नगद दश हजार, द्वितीय हुने विद्यालयले नगद छ हजार र तृतीय हुने विद्यालयले नगद चार हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको उद्घाटन नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले गर्नुभएको थियोे । विजेता विद्यालयहरुलाई शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा,प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
युरेस अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहाय प्रधानाध्यापक टेकप्रसाद सुवेदीको स्वागत र सप्रअ विनय श्रेष्ठको संचालनमा उदघाटन सत्र सम्पन्न भएको थियो । २०६४ मा श्रीमद्भागवत सञ्चालन गरि विज्ञान सहितको कक्षा ११÷१२ अध्यापन शुरु गरेको प्रकाश माविले विज्ञान विषय प्रचारप्रसारका लागि आयोजना गरेको प्रतियोगिताको एघारौं संस्करण हो ।
युरेस व्यवस्थापन र प्रकाश बालक्लव सहयोगी रहेको प्रतियोगितामा विज्ञान, गणित, लगायत ८ वटा राउन्ड सञ्चालन गरिएको तथा पहिलोपटक आइसिटी प्रविधि प्रयोग गरि नयाँ प्रयोग गरिएको मुल संयोजक एवम् ११÷१२ तह संयोजक कविराम थापाले बताउनुभयो ।