प्रजातन्त्र दिवसमा जेसीजको दिप प्रज्वलन

Gandaki Ghumau

बेनी, । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० को अवसरमा म्याग्दी जेसीजले सोमबार साँझ बेनीको संगमचोकमा दिप प्रज्जवलन गरेको छ ।

एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठको प्रमुख आथित्यता, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू सुविन श्रेष्ठ, बिनय श्रेष्ठ, खम थापा, सन्दिप खत्री, निर्वतमान अध्यक्ष सुमन बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

Gunasthariya Shiksya

कार्यक्रमकमा बोल्ने बक्ताले संघर्षबाट प्राप्त प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका थिए । जनताको अपेक्षा अनुसार सरकारले काम गर्न समेत राज्यका नेतृत्वकर्तालाई सुझाव दिइएको थियो । दिप प्रज्जवलन कार्यक्रमको अध्यक्षता म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँ र सञ्चालन कार्यक्रम संयोजक बिशाल खत्रीले गर्नुभएको थियो ।

Shreekrishna

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय रहेको म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक राष्ट्रिय महत्वका कार्यक्रमहरुमा समेत सक्रिय सहभागिता जनाउने गरेको छ । प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...